• मुसिकोट नगरपालिकाको बराटाकुरामा अबस्थित झोलङ्गे पुलको अगाडी कैद गरिएको तस्विर...

Showing posts with label सुचना प्रविधि. Show all posts
Showing posts with label सुचना प्रविधि. Show all posts

फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने


मेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ । मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका नयाँ फिचरका बारेमा जानकारी गराएका छन् ।

नयाँ अपडेटसँगै फेसबुक मेसेन्जरमा एउटा यस्तो फिचर आएको छ जसको प्रयोगकर्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । जस अनुसार गोप्य च्याटका लागि मेसेन्जरमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सुरु भएको छ । यसका साथै अब मेसेन्जरमा यदि कसैले तपाईंसँगको च्याटको स्क्रिनशट लियो भने त्यसको अलर्ट अर्थात् सूचना तपाइँलाई प्राप्त हुनेछ ।

फेसबुक मेसेन्जरको नयाँ अपडेटसँगै स्वाइप टू रिप्लाइको फिचर पनि थपिएको छ । च्याटका अतिरिक्त फेसबुक मेसेन्जरको कल पनि अब एन्ड टू एण्ड एन्क्रिप्टेड हुनेछ । मेटाका अनुसार मेसेन्जरको सेक्रेट च्याट अब पहिलेको तुलनामा अझै उत्कृष्ट ढंगले सुरक्षित बनेको छ । मेटाले मेसेन्जरको Vanish Mode लाई स्क्रिनशट अलर्टमा परिवर्तन गरेको छ ।

मेसेन्जरमा सुरु भएको end to end encryption फिचर हालका लागि डिफल्ट भने छैन । सन् २०२२ को सुरुवातसँगै यसलाई मेसेन्जरमा डिफल्ट रुपमै सुरु गरिने अपेक्षा थियो, तर हालका लागि केवल सेक्रेट च्याटमा मात्र उपलब्ध छ । मेसेन्जरमा आमरुपमा यो फिचर आगामी वर्षदेखि सुरु हुने बताइएको छ ।
नयाँ अपडेटसँगै प्रयोगकर्ताले अब GIF तथा स्टिकरहरु पनि पठाउन सक्नेछन् । त्यस्तै कुनै मेसेजमा इमोजीबाट जवाफ फर्काउन सकिनेछ । यसका साथै प्रयोगकर्ताले कुनै मेसेजलाई धेरैबेर थिचेर वा स्वाइप गरेर पनि त्यसको जवाफ फर्काउन सक्नेछन् ।

नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले सेक्रेट च्याटका भिडियो तथा फोटोहरुलाई सेभ गर्ने विकल्प पनि प्राप्त गर्नेछन् साथै फोटो तथा भिडियो पठाउनु अगाडि त्यसलाई इडिट गर्न पनि सकिनेछ ।
Share:

जिमेलमा परिवर्तन गर्दै गुगल : अब इमेल, च्याट, मिट र स्पेस एकैठाउँमा

विश्वको सर्वाधिक लोकप्रिय इमेल सेवा जिमेलको डिजाइन परिवर्तन हुने भएको छ । नयाँ डिजाइनसँगै अब जिमेल प्रयोगकर्ताले गुगल च्याट, गुगल मिट र गुगल स्पेस एकै ठाउँमा पाउनेछन् ।
नयाँ जिमेल एक एकीकृत प्लाटर्फम बन्नेछ । जिमेलका सबै प्रयोगकर्ताका लागि यो नयाँ अपडेट यो वर्षको दोस्रो त्रैमासिकसम्ममा उपलब्ध हुने बताइएको छ । अर्थात् आगामी जुलाई सम्ममा जिमेल प्रयोगकर्ताले जिमेलको नयाँ इन्टरफेस देख्न पाउनेछन् । गुगल वर्कस्पेस परियोजनाका अनुसार फेब्रुअरी ८ देखि उक्त नयाँ इन्टरनेट परीक्षणका लागि सुरु गरिनेछ ।
नयाँ डिजाइनमा जिमेलमा चारवटा बटन रहनेछन् जसमा प्रयोगकर्ताले जिमेलको इमेल, च्याट, स्पेस वा मिट जुन प्लाटर्फममा जान चाहेको हो सजिलैसँग स्वीच हुन सक्नेछन् । हाल प्रयोगकर्ताका लागि जिमेल, च्याट तथा मिटका लागि एक संयुक्त लेआउट उपलब्ध रहेको छ ।
नयाँ अपडेट सँगै प्रयोगकर्ताले एक पटकमा केवल एउटा बटनको मात्र विस्तारित भ्यू देख्न सक्नेछन् । साथै नयाँ इन्टरफेसमा प्रयोगकर्तालाई नोटिफिकेसन बबल पनि प्राप्त हुनेछ जसले उनलाई अर्को ट्याबका बारेमा पनि जानकारी दिनेछ । स्मरण रहोस् गुगलले आफ्नो वर्कस्पेसमा हुने परिवर्तनको घोषणा गत सेप्टेम्बरमै गरेको थियो ।
साभार : Online Khabar

Share:

Subscribe Us

Fashion

मिति परिवर्तण


सम्पर्कको लागी